Thu, Jan 01, 2026
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ। बुधबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गरे पुगे व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो।
यसैगरी बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५ प्रतिशतमा झरेको छ।
पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।