चार दिनदेखि स्थिर रहेको डलरको भाउ आज घट्यो, अन्य मुलुकको सतहीदर कति?

Aug 01, 2024 06:38 AM Merolagani



पछिल्ला ४ दिनेदेखि स्थिर रहेको अमेरिकी डलरको विनिमय दर, बिहीबार घटेको छ। गत शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको विनिमय दर, त्यसपछिका दिनमा सोही मूल्यमा निरन्तर स्थिर रहेको थियो।

गत शनिबार देखि १३४ रुपैयाँ २७ पैसा रहेको डलरको बिक्रीदर यस दिन एक पैसा घटेर १३४ रुपैयाँ २६ पैसामा झरेको छ। त्यस्तै, यस दिन डलरको खरिददर भने १३३ रुपैयाँ ६६ पैसा रहेको छ।

यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ७० पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ३४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २९ रुपैयाँ ९ पैसा र बिक्रीमा २९ रुपैयाँ २२ पैसा पाइन्छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।