शेयर बजार र सुनपछि अब डलरको मूल्यले बनायो नयाँ रेकर्ड, एक डलरको कति?

Aug 03, 2024 06:13 AM Merolagani



नेपाली बजारमा दैनिक नयाँ रेकर्ड बन्ने क्रम जारी छ। गत बुधबार नेपाली शेयर बजारमा हालसम्मकै सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको थियो। त्यसपछि, हिजो अर्थात शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

अब आज साउन १९ गते, शनिबार डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ७१ पैसा रहेको छ। यस अघि गत शनिबार डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। यस दिन सो रेकर्डलाई तोडेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।

यस दिन युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ २४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २९ रुपैयाँ २५ पैसा र बिक्रीमा २९ रुपैयाँ ३८ पैसा पाइन्छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।