एचआईडिसिएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

Aug 06, 2024 09:19 AM Merolagani



हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) अर्थात एचआईडिसिएलले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।