सिटि होटलको अवितरित हकप्रद शेयर खरिदका लागि आजदेखि बोलपत्र पेश गर्न सकिने

Nov 09, 2025 06:35 AM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले आज (कात्तिक २३ गते) देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्दैछ। कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। सोमध्ये लकइनमा रहेको संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीहरुको तर्फबाट ६ हजार कित्ता रहेको छ भने लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता रहेको छ।

सो शेयर खरिदका लागि कात्तिक ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्ने भने अधिकतममा नियामक निकायले तोकेको प्रतिव्यक्ति–संस्था सीमाको अधिमा रहने गरी माग अनुसारको कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।