मोदी ईनर्जीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

Aug 15, 2024 11:02 AM Merolagani



मोदी ईनर्जी लिमिटेड (MEL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ।

साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ।

आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।