नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै विशाल ग्रुप

Aug 21, 2024 05:56 AM Merolagani



विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) को संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। ग्रुपले कम्पनीको ७ लाख कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन्। सो शेयरमा भदौ ५ गते अर्थात आजदेखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको छ। आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ। बोलकबोल गर्दा न्यूनथम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। विद्यमान संस्थापकहरुले बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।