नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै विशाल ग्रुप

Aug 21, 2024 05:56 AM Merolagani



विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) को संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। ग्रुपले कम्पनीको ७ लाख कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन्। सो शेयरमा भदौ ५ गते अर्थात आजदेखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको छ। आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ। बोलकबोल गर्दा न्यूनथम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। विद्यमान संस्थापकहरुले बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।