सरकारसँग विरुद्ध भिड्ने मुडमा बीमक संघ, १० अर्बभन्दा बढी रकम माग गर्दै अदालतमा मुद्दा दायर गर्ने तयारीमा

Aug 30, 2024 06:14 PM Merolagani



सरकारले उपलब्ध गराउनु पर्ने कोरोना बीमा बापतको १० अर्बभन्दा बढी रकम पटक पटक माग गर्दा पनि नदिएको भन्दै निर्जीबन बिमा कम्पनीहरुको संस्था नेपाल बिमक संघले अदालत गुहार्ने भएको छ ।

संघका एक पदाधिकारीले मेरो लगानीलाई दिएको जानकारी अनुसार केही दिन अघि बसेको वैठकले कोरोना बीमाको रकम सरकारलाई तिराउन आदेश दिन माग गर्दे मुद्दा दायर गर्ने निर्णय गरेको थियो । त्यही अनुसार आउँदो साता सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

स्मरणरहोस नेपालमा हाल १४ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । उनीहरुले सरकारले अनुदान वापत दिने भनेको रकम नदिंदा कोरोना बीमा पोलिसी किनेर रकम नपाएका करिब एक लाख बीमितलाई बीमा कम्पनीहरुले अहिलेसम्म दावी भुक्तानी दिन सकेका छैनन् ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।