सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल घोषणा

Sep 01, 2024 11:00 AM Merolagani



सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

सानिमा इक्विटी फण्ड (SAEF) ले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो छ भने सानिमा लार्ज क्याप फण्ड (SLCF) ले १० प्रतिशत र सानिमा ग्रोथ फण्ड (SAGF) ले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी सबै फण्डहरुको कोष प्रबद्र्धक सानिमा बैंक रहेको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।