एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने

Sep 01, 2024 11:16 AM Merolagani



एमएमबि बैंक (NMB) ले अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने भएको छ।

बैंकले प्रतिइकाई १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३ करोड इकाई अग्राधिकार शेयर जारी गर्न लागेको हो। सो शेयरका लागि लाभांश दर ८.५ प्रतिशत कायन गरिएको छ।

नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भएपश्चात बैंकले सो शेयर जारी गर्नेछ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।