सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

Sep 03, 2024 10:44 AM Merolagani



सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ सहित ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।