निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताहरुको आकर्षण

Sep 03, 2024 03:10 PM Merolagani



मंगलबार नेपाली धितोपत्र बजारका लगानीकर्ताहरु निर्जीवन बीमा कम्पनीतर्फ आकर्षित भएका छन्। यस दिन १३ उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ।

यस उपसमूह अन्तर्गतका १२ वटै कम्पनीहरुको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हो। यस दिन निर्जीवन बीमा उपसमूहसहित ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक २.२८ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत घटेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन ११ उपसमूहको परिसूचक सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य भने यस दिन सर्वाधिक ८.८६ प्रतिशत घटेको छ।

यस दिन नेप्से परिसूचक ६.९४ अंक बढेर २८३०.२० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२० अंक र फ्लोट इण्डेक्स ०.५६ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १३ अर्ब १० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको १ लाख ४४ हजार १९७ पटकको कारोबारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको साढे २९ करोडको शेयर कारोबार भएको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।