निरन्तर सुनको मूल्य स्थिर हुदै, चाँदीको मूल्य घट्यो

Sep 04, 2024 10:39 AM Merolagani



आज तेस्रो दिन सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य घटबढ नभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयामा कारोबार भईरहेको छ । उक्त मूल्य आईतबारको बजारमा कायम गरेको मूल्य हो । त्यसपछिका तीन दिन सुनको मूल्यमा घट्बढ् नभएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य एक हजार ७५५ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा किनबेच भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।