सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

Jun 29, 2026 10:53 AM Merolagani



असार १५ गते, सोमबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार ४०० सय रुपैयाँ काराेबार भएको छ। आईतबारको सुन तोलामा दुई लाख ८३ हजार ८०० सय रुपैयाँ किनबेच भएको थियो।

त्यस्तै आजको बजारमा चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलामा चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।