सानिमा म्युचुअल फण्डका ३ फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 10, 2024 10:10 AM Merolagani



भदौ २५ गते, मंगलबार, सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ सानिमा इक्विटी फण्ड (SAEF), सानिमा लार्ज क्याप फण्ड (SLCF) र सानिमा ग्रोथ फण्डले भोली अर्थात भदौ २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षका लागि कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्ड (SAGF) ले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित यी फण्डहरुको कोष प्रबर्द्धक सानिमा बैंक लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।