गुराँस लघुवित्तले घोषणा गर्यो बोनस शेयर

Sep 10, 2024 10:31 AM Merolagani



गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। त्यस्तै, लघुवित्तले सो बोनस शेयरको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश पनि वितरण गर्नेछ।

भदौ २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।