के शेयर बेचेको पैसा बजारबाट बाहिरिदै छ?

Sep 10, 2024 05:17 PM Merolagani



शेयर बजार निरन्तर घट्दो अवस्थामा छ। यस्तो अवस्थामा कारोबार रकम पनि घट्दै गएको छ।

मंगलबार नेप्से सूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा झरेको छ भने कारोबार रकम ७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ। यसरी कारोबार रकम घट्दा लगानीकर्ताहरुले शेयर बजारबाट पैसा बाहिरिन थालेको आशंका समेत गर्न थालेका छन्।

तर अहिले ब्रोकर कम्पनीहरुबाट लगानीकर्ताले शेयर बेचेको पैसा लगेका छैनन्। लगानीकर्ताहरु बजार बढ्ने आशामा खरिद गर्नको लागि तयारी अवस्थामा देखिन्छन्। यसले गर्दा शेयर बजारको पैसा बाहिरिएको छैन। बजार उच्च दरमा घटेको अवस्थामा अहिले शेयर खरिद गर्ने राम्रो अवसर समेत आएको लगानीकर्ताहरु बताउँछन्।

बैंकिङ्ग क्षेत्रमा तरलता पर्याप्त रहेकोले पनि बजारले जुनसुकै समयमा फेरि सकारात्मक लय समाउन सक्ने लगानीकर्ताहरु बताउँछन्।  

 

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।