टोलीमा रेटिङ विज्ञको रुपमा रुकमाकर थोमस डिर्क र क्रुस्टिन्स क्रिस जनिस छन् भने नेपालतर्फ रेटिङ ओभरसाइट कमिटीमा समन्वयकर्ताको रुपमा स्टाण्डर्ड चार्टर्ड बैंक नेपालका सिरिन खतिवडा रहेका छन् । टोलीले अर्थमन्त्रालय लगायतका विभिन्न मन्त्रालय र सरोकारवाला निकाय र विज्ञहरुसँग छलफल गरि सार्वभौम शाख मूल्यांकन प्रतिवेदन तयार गर्नेछ ।
स्मरणरहोस् सार्वभौम साख मूल्यांकन भनेको देशको ऋण तिर्न सक्ने क्षमता र इच्छाशक्ति मापन गर्ने पद्धति हो । यसले वित्तीय दायित्वलाई अल्पकाल र दीर्घकालमा सम्बोधन गर्न सक्ने देशको क्षमतालाई संकेत गर्छ । त्यस्तै, देशले ऋण तिर्न नसक्ने जोखिमलाई पनि आकलन गर्छ । यो रेटिङलाई आधार मानेर लगानीकर्ता र दातृ निकायले लगानीको जोखिम अनुमान गर्दै लगानी गर्ने वा नगर्ने टुंगो गर्न सक्छन् ।