नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साउनमात्रै ७२ हजार ९४० जना टिएमएसमा जोडिएका छन् । योसँगै साउन मसान्तसम्म टिएमएस प्रयोगकर्ता २३ लाख ३१ हजार ३५० छ ।
टिएमएस चलाउने धेरैले साप्ताहिक वा मासिकरुपमा चलाउँछन् । जबकि दैनिकरुपमा टिएमएस चलाउनको संख्या भने ५० हजार भन्दा धेरै छ ।
त्यस्तै शेयर कारोबारको लागि प्रयोग गरिने डिम्याट खाताको संख्या ६३ लाख ८५ हजार ३०६ पुगेको छ ।
टिएमएस सेवा कसरी लिने ?
आइपिओ बेच्नदेखि दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयर कारोबार गर्न टिएमएसमा सूचीकृत जरुरी हुन्छ । टिएमएस आउनुअघि लगानीकर्ता शेयर खरीदविक्रीका लागि ब्रोकर कार्यालयमै पुग्नु पर्दथ्याे । तर टिएमएस जडानपछि लगानीकर्ताले इन्टरनेट भएका जुनसुकै ठाउँबाट पनि सहजै शेयर कारोबार गर्न पाउँछन् । त्यसैले यो प्रविधिप्रति सर्वसाधारणको रुची बढेको छ ।
टिएमएस खोल्न शुरूमा ब्रोकर कार्यालय जानुपर्छ । नेपालमा रहेका ९४ वटा धितोपत्र दलालहरुमध्ये जुन ब्रोकर कार्यालयमा गएर पनि टिएमएस सेवा लिन सकिन्छ । टिएमएस सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन ।