नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो।
यता चाँदीको भाउ भने अझै बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।