सूचीकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह

Sep 15, 2024 05:49 PM Merolagani



नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ। 

नेप्सेले आइतबार एक सूचना प्रकाशित गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्था अनुसार आर्थिक वर्ष २०८१/०८२ को धितोपत्र वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

कम्पनीहरुले असोज मसान्तभित्र नविकरण शुल्क बुझाउनु पर्ने छ । तोकिएको समयमा वार्षिक नविकरण शुल्क नबुझाउने कम्पनीहरुलाई नेप्सेले वार्षिक नविकरणमा १० प्रतिशतका दरले जरीवाना समेत तोक्ने र सूचीकरण स्थगन गर्न सक्ने जनाएको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।