रोलेक्स घडीदेखि लाखौंको झोलासम्म, ग्राहकले होटलमा बिर्सेर के-के छोड्छन?

Sep 16, 2024 12:59 PM Merolagani



होटलमा बस्दा प्रायः मानिसहरु केही कुरा बिर्सेर नै निस्कने गर्छन् । होटलले पनि बिर्सिएको सामान ग्राहकलाई फिर्ता दिने गरेकाे छ । होटलका कर्मचारीहरूले आगन्तुकका लागि यी हराएको सामान सुरक्षित राख्छन् र फिर्ता गर्ने प्रयास गर्छन् । 

तर कहिलेकाहीँ उनीहरूले छाेडिएका कतिपय कुरा यति अनौठो हुन्छन् कि होटलका कर्मचारी समेत छक्क पर्छन् ।

हाेटल डट कमको एक रिपोर्टले होटलमा छुटेका केहि यस्ता चीजहरूकाे विवरण सार्वजनिक गरेसँगै याे कुरा प्रमाणित भएकाे छ । यस वेबसाइटले ग्राहकहरूले होटलमा छाेडेका केही अनौठो वस्तुहरूको सूची जारी गरेको हाे।

रिपोर्टका अनुसार १० प्रतिशत होटलले कोठामा आगन्तुकको दाँतसम्म पनि फेला पारेका छन्। आगन्तुकहरूले छोड्ने सबैभन्दा सामान्य वस्तुहरूमा मोबाइल चार्जर, फोहोर लुगाहरू, पावर एडेप्टरहरू, मेकअप र टाेइलेट्रिजहरू समावेश छन्।

६ मिलियन डलरको घडी पनि छोड्ने आगन्तुक

होटलमा बस्दा के कसैले आफ्नो ६ मिलियन रोलेक्स घडी बिर्सन सक्छ? कसैले यस्तो बहुमूल्य चीज कसरी छोड्न सक्छ? हामीलाई अचम्म लाग्न सक्छ । तर हाेटल डट कमकाे याे रिपोर्टले भने यस्तो देखाएको छ।

इन्गेजमेन्ट रिंग समेत छुट्याे

मानिसहरूले होटलमा लक्जरी हर्मिस बर्किनका झोलाहरू समेत छोडेका छन्। यो संसारको सबैभन्दा महँगो ब्रान्ड मध्येकाे एक हो र यसको मूल्य लाखौं छ।

यति मात्र नभइ, याे सूचीमा कारको साँचो र कागजातहरू, एउटा कारको टायर, इन्गेजमेन्टको एउटा औंठी, एउटा दाँत, दुबै खुट्टाका पुरा प्लास्टर कास्ट, नगदको बन्डल, एउटा घरपालुवा छेपाराे र एउटा कुखुरा समावेश छ। हाेटल्स डट कमले छेपारो र चल्ला सुरक्षित रूपमा तिनीहरूका मालिकहरूलाई फिर्ता गरिएकाे लेखेकाे छ ।

रूम सर्भिस रिक्वेस्टहरू पनि अनौठो

होटलहरूमा गरिएको अनौठो रूम सर्भिस रिक्वेस्टहरूमा बच्चाको लागि एभियनले भरिएको टब, घरपालुवा जनावरहरूको लागि कस्टमाइज्ड एलर्जी मेनु, डढेको रोटी, क्याभियर हट डगहरू, ताजा बाख्राको दूध र चार पाउन्ड केरा पनि रहेकाे छ। यो रिपोर्टले होटल उद्योगमा भएका केही अनौठा र रमाइला घटनाहरू उजागर गरेको छ।

एजेन्सी ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।