सोमबार प्रतिनिधि सभामा संसदीय समितिको प्रतिवेदन २०८१ बुझाउँदै सहकारीका ऋणी, विवाह, वार्षिक प्रतिवेदन, सदस्यहरु नै नक्कली भएको थापाले बताएका हुन् ।
संविधानले अर्थतन्त्रका तीन खम्वा अवलम्बन गरेको छ । तर सार्वजनिक संस्था र निजी क्षेत्रको तुलनामा सहकारी क्षेत्र कमजोर भएको छ । थापाले सहकारी क्षेत्र अर्थतन्त्रको बाँसको खम्वाको संज्ञा दिदै, जुन कमजोर निकाय त्यसै क्षेत्रमा भार धेरै भएको धारणा राखेका हुन ।
समितिले साढे तीन महिना अध्ययन र छलफलपछि प्रतिनिधि सभामा प्रतिवेदन बुझाएको हो । समितिको ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाउने काम समितिले गरेको थापाले बताए ।