बीमा शिक्षा अब विद्यालयस्तरको पाठ्यक्रममै राखिने, विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने

Sep 16, 2024 04:54 PM Merolagani



नेपाल बीमा प्राधिकरणले अब विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा  समावेश गर्ने  भएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा–२०८१ को मस्यौदामा  विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने एउटा रहेको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने प्राधिकरणले जनाएको छ।

बीमाको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने प्राधिकरणको कार्यनीति रहेको छ।

बीमाका विभिन्न सूचना जानकारी तथा बीमा चेतनामूलक सामग्री प्रचारप्रसार गर्न आधिकारिक फेसबुक पेज, युट्युब च्यानल सञ्चालन गरिने र श्रव्यदृश्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गरिने कार्यनीति छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।