बीमा शिक्षा अब विद्यालयस्तरको पाठ्यक्रममै राखिने, विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने

Sep 16, 2024 04:54 PM Merolagani



नेपाल बीमा प्राधिकरणले अब विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा  समावेश गर्ने  भएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा–२०८१ को मस्यौदामा  विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने एउटा रहेको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने प्राधिकरणले जनाएको छ।

बीमाको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने प्राधिकरणको कार्यनीति रहेको छ।

बीमाका विभिन्न सूचना जानकारी तथा बीमा चेतनामूलक सामग्री प्रचारप्रसार गर्न आधिकारिक फेसबुक पेज, युट्युब च्यानल सञ्चालन गरिने र श्रव्यदृश्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गरिने कार्यनीति छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।