पछिल्लो समय शेयर बजार निरन्तर रुपमा घटेको छ । घट्ने भन्दा बढ्ने कारणहरु धेरै हुँदा हुँदै बजार निरन्तर रुपमा घटेको छ । यसले बजारका लगानीकर्ताको मनोभावना कमजोर बनाएको छ । सोमबार बैंक तथा वित्तीय संस्थाले असोज महिनाको लागि ब्याजदर सार्वजनिक गरे ।
निरन्तर रुपमा घटेको बजारमा घट्दो ब्याजदरले बजारलाई उठाउनको लागि टेवा दिने लगानीकर्ताहरुको अनुमान थियो । यद्यपि बजार फराकिलो अंकले गिरावट भएर बन्द भएको छ ।