भगवति हाइड्रोपावरको शेयरमूल्य समायोजन

Sep 17, 2024 09:06 AM Merolagani



असोज १ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवति हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्दैछ।

आज इन्द्रजात्राको अवसरमा उपत्यका बिदा परेका कारण शेयर कारोबार नहुने भएकोले हिजो अर्थात सोमबार, कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन रहको छ। यस अनुसार सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन कम्पनीको प्रतिकित्ता ९५५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजत मूल्यलाई आधार मानेर भोली बुधबार, कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले असोज १६ गते, बुधबार, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।