प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

Sep 18, 2024 09:43 AM Merolagani



प्रभु क्यापिटलको योजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

प्रभु सेलेक्ट फण्ड (PSF) ले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।