प्रभु म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

Sep 18, 2024 09:43 AM Merolagani



प्रभु क्यापिटलको योजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

प्रभु सेलेक्ट फण्ड (PSF) ले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्ड (PRSF) ले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।