प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से

Sep 18, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५७.०३ अंक घटेर २५८०.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५८ अंक बढेर २५८४.३४ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ३७ स्टकको ६४ पटकको कारोबारमा १४ लाख ३५ हजार ७५४ रुपैयाँ २० पैसाबराबरको २ हजार ९९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus