अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत कम्पनी

Sep 20, 2024 08:44 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयरमा असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, बराहताल (सुर्खेत) र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।