शेयर बजारमा दोस्रो बजारबाट कसरी बनाउन सकिन्छ पैसा ?

Oct 13, 2024 11:24 AM Merolagani



अर्थतन्त्रका महत्वपूर्ण क्षेत्र मध्ये पूँजीबजार मूख्य आकर्षण क्षेत्र हो । आम लगानीकर्ताले शेयर बजारलाई आम्दानीको बलियो स्रोतको रुपमा लिने गरेका छन् ।

लगानीकर्ताले विभिन्न प्रकारका धितोपत्रहरूमा अल्पकालीन वा दीर्घकालीन लगानी गरी मुनाफा आर्जन गर्ने गर्छन्। प्राथमिक बजारमा ऋणपत्र र सामूहिक लगानी योजना लगाएत दोस्रो बजारमा लगानी गर्न सकिन्छ । शेयर कारोबारमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरू संलग्न रहेका हुन्छन् ।

शेयर बजारमा क्षमता अनुसारको लगानी गर्न सकिन्छ । शेयर बजारमा गरिएको लगानी आवश्यक परेको समय बिक्री गरेर तरल बनाउन सकिने भएकाले पनि धेरै लगानीकर्ताको आकर्षणको क्षेत्र बनेको हो । यसो भनिराख्दा शेयर बजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर, यसबाट पैसा कमाउन सोचेजति सजिलो भने छैन ।

शेयर बजार लगानीको जोखिमपूण लगानी क्षेत्र हो । बजारमा गरिएको लगानीलाई राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने कमाउने भन्दा धेरै गुमाउने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ? शेयर बजारमा लगानी गर्नु पूर्व बजारका आयामहरुको विषयमा राम्रो जनाकारी लिएर लगानी गर्नपर्ने हुन्छ ।

पूँजी बजार अत्यन्त सवेदनशिल क्षेत्र हो । लगानीकर्ताले लगानीको जिम्मेवारी कसरी वहन गर्ने भन्ने यकिन गर्नुपर्दछ । दोस्रो बजारमा सूचिकृत भएका कम्पनीहरुको प्रगति विवरण, वितरण गर्ने लाभांश, सरोकारवाला निकायको गतिविधि, राजनीति अवस्था, नीतिगत व्यवस्थापन लगाएत कुराहरुले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ ।

लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन लगानीको रणनीति बनाएर गर्नपर्ने हुन्छ । लगानीकर्ताले जोखिम बहन गर्नसक्ने क्षमता राख्नु पर्छ । बजार बढ्दा आउने नाफा जस्तै घट्दा हुने नोक्सानी पनि लगानीकर्ता स्वयंले बेर्होनु पर्छ । लगानीकर्ताले विषेश अध्ययन गरेर लगानी गर्ने गर्दा मात्रै सफल बन्न सकिने छ ।

कसैको हल्ला,लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्नुहुँदैन । आफूले बनाएको योजनालाई अनुशासित रूपमा कार्यान्वयन गरेमा शेयर बजार घट्दा होस् वा बढ्दा, बजारबाट सफल बन्न सकिन्छ । धेरै लगानीकर्ता शेयर बजार बढेपछि मात्र खरीद र बजार घट्दै गर्दा आत्तिएर विक्री गर्ने प्रवृत्ति देखिन्छ । बजारमा आउने उतारचढाब प्रति धैर्य गुमाउदा धेरै नोक्सानी खेप्नु परेको हुन्छ ।

त्यसैले भनिन्छ शेयर बजारमा लगानीकर्ताको मुख्य शक्ति भनेको नै अनुशासनमा रहनु हो । जसले लोभ र डरलाई निन्त्रणमा राखेर लगानी गर्न सक्यो भने मात्रै बजारबाट सफल हुने बुझाई छ ।

विश्व प्रशिद्ध लगानीकर्ता वारेन बफेटका अनुसार सफल लगानीकर्तामा हुनुपर्ने गुणः

 

सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु

शेयर बजारमा वारेन बफेटको यो भनाइ अत्यान्त चर्चित छ । उनले भनेका छन्, ‘जब शेयर कारोबारमा अरु लोभी हुन्छन् त्यतिबेला हामी डराउनु पर्छ र अरु डराएको बेला लोभी हुनुपर्छ ।’ यसको मतलब लगानीकर्ताले भिडले भनेको भन्दा फरक रणनीति बनाउन पर्ने हुन्छ ।

बजारमा लिन सक्ने जोखिम मात्र उठाउनु

लगानीकर्ताले दास्रो बजारमा लगानी गर्दा आफ्नो क्षमता अनुसारको मात्र जोखिम मात्रै लिनुपर्ने हुन्छ । ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन र अर्को खुट्टाले नदीको आँकलन गर्नु जरुरी छ । गहिराइ मापन गरेमा डुब्नबाट बच्न सकिन्छ,’ बफेटले भनेका छन् ।

बजारको विषयमा अनुसन्धान गर्नुपर्छ

बफेट निहीत स्वार्थमा लागेका मानिसको अनुमान वा भविष्यवाणीमा कहिल्यै विश्वास नगर्न सुझाव दिन्छन् । लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरुको आफ्नै स्वार्थ हुन्छ । लगानी गर्नुअघि सधैं अनुसन्धान गर्नुपर्छ । कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ ।

गुणस्तरमा ध्यान दिनुपर्ने

बफेट सक्स (मोजा) होस् या स्टक्स (शेयर) गुणस्तर मात्र किन्नुपर्ने सुझाव दिन्छन् । सस्तोमा गुणस्तरको शेयर किन्न पर्नेमा उनले जोड दिएका छन् । यो बजार घटेको बेला खरीदका लागि उपयुक्त समय हुन्छ । आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र शेयर किन्नुपर्छ । लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष जस्तै सञ्चालक समिति, कम्पनीको विगतका वर्षको वित्तीय विवरण लाभांश लगायतका महत्वपूर्ण पक्षहरुमा ध्यान दिनुपर्ने पर्छ ।

शेयर बजार पूर्ण रुपमा लगानीकर्ताको मनोभावना अनुसारमा चलेको हुन्छ । बजारमा लगानीकर्ताको मनोभावना गिराउने कुरा बजारको सूचकलाई नकारात्मक प्रभाव पारेको हुन्छ । त्यसैले बजारको आधारभुत तथा प्राविधिक कुराहरु सबै जान्नु जरुरी हुन्छ ।

पछिल्लो समाजिक सञ्जालमा यो कम्पनी किन्नुस् अथवा यो राम्रो छ भनेर धेरैले अभिब्यक्ति दिएका हुन्छन् । यसकारण सबै आफ्नो स्वार्थ अनरुप कम्पनीको प्रचारप्रसार गरेका हुन् । यस कारण लगानी गर्ने कम्पनीमा आफैले सुक्ष्म अनुसन्धान गनुपर्छ । नबुझी गरिएको लगानी डुब्न सक्छ । शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पहिले अध्ययन, अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्न उचित हुन्छ । बजारमा अनुशासित भएर लगानी गर्नेहरुले कमाउने होईन मात्र होईन पैसा बनाउने क्षेत्रको रुपमा लिने गरेको पनि पाइन्छ ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।