अपि पावरको लाभांश आयोगबाट अस्वीकृत

Sep 26, 2024 11:17 AM Merolagani



विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेड (API) को लाभांश अस्वीकृत गरेको छ। आयोगले कम्पनीलाई ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृति दिन नमिल्ने बताएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो। निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यासहित जवाफ पेश गर्न निर्देशन दिएको थियो।

त्यसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भए बमोजिम गरिएको भनि जवाफ आयोगमा पठाएको थियो। सोही विषयमा छलफल हुँदा त्यस्तो कार्यलाई कम्पनी ऐन , २०६३ को दफ ५६ को उपदफा (१०) ल वर्जित गरेको हुँदा कम्पनीको लाभांश स्वीकृत नगरिएको आयोगले कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।