अपि पावरको लाभांश आयोगबाट अस्वीकृत

Sep 26, 2024 11:17 AM Merolagani



विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेड (API) को लाभांश अस्वीकृत गरेको छ। आयोगले कम्पनीलाई ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृति दिन नमिल्ने बताएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो। निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यासहित जवाफ पेश गर्न निर्देशन दिएको थियो।

त्यसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भए बमोजिम गरिएको भनि जवाफ आयोगमा पठाएको थियो। सोही विषयमा छलफल हुँदा त्यस्तो कार्यलाई कम्पनी ऐन , २०६३ को दफ ५६ को उपदफा (१०) ल वर्जित गरेको हुँदा कम्पनीको लाभांश स्वीकृत नगरिएको आयोगले कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।