दुई कम्पनी र एक म्युचुअल फण्डको शेयरमूल्य समायोजन

Sep 27, 2024 06:37 AM Merolagani



असोज ११ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनी र एक म्युचुअल फण्डको शेयरमूल्य समायोजन भएको छ। बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन साहस उर्जाको ८ प्रतिशत बोनस, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस र एनएमबि फिफ्टी १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात साहस उर्जाको शेयरमूल्य ४७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने सानिमा रिलायन्सको ४७२ रुपैयाँ ६३ पैसा र एनएमबि फिफ्टीको १० रुपैयाँ ४६ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी स्टकहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा साहस उर्जाको शेयर प्रतिकित्ता ५१७ रुपैयाँ ५० पैसामा र सानिमा रिलायन्सको ५५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो। त्यस्तै, सो दिन एनएमबि फिफ्टीको इकाई भने ११ रुपैयाँ ९६ पैसामा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले असोज २३ गते, बुधबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। इन्स्योरेन्सको बोनस प्राप्त गर्न शेयरधनीहरुले कर बापतको रकम जम्मा गर्नुपर्नेछ। कर रकम जम्मा भएपछि मात्र इन्स्योरेन्सको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने इन्स्योरेन्सले जनाएको छ।

त्यसैगरी, साहस उर्जा लिमिटेड (SAHAS) ले कात्तिक ४ गते, आइतबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापको तर्फबाट ४ जना तथा सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।