अरुण काबेलीले बोलायो साधारण सभा

Sep 27, 2024 12:18 PM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले कात्तिक ४ गते, आइतबार, होटल क्रिष्टल पशुपती, गौशाला, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयरबाट संकलन भएको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनको शेयरमा लगानी गर्ने, सो आयोजनामा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक पनि नियुक्त गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 



सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।