अरुण काबेलीले बोलायो साधारण सभा

Sep 27, 2024 12:18 PM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले कात्तिक ४ गते, आइतबार, होटल क्रिष्टल पशुपती, गौशाला, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयरबाट संकलन भएको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनको शेयरमा लगानी गर्ने, सो आयोजनामा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक पनि नियुक्त गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 



असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।