सिमेन्ट कम्पनीहरुमा आकषर्ण देखिन थालेको हो ?

Sep 29, 2024 05:56 PM Merolagani



करिब डेढ महिना देखि निरन्तर रुपमा घटेको बजारले आईतबार पनि निरन्तरता दिएको छ । यसदिन नेप्से सूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा झरेको छ ।

दिन प्रतिदिन बजार घट्दा लगानीकर्ताको मनोभावना कमजोर बनेको अवस्था छ । यो विन्दुबाट बजार बढ्छ भन्दै लगानी गर्ने लगानीकर्ताहरुले दिन दिनै नोक्सानी खेप्नु परेको छ । लगानीकर्ताहरु बजार बलियो नभएसम्म बजारमा लगानी नबढाउने अर्थात पर्खर हेरको रणनीतिमा बसेका छन् ।

बजार बलियो बन्न कारोबार रकम बढ्दै जानुपर्ने हुन्छ । बिक्रीमा आएको शेयर आपूर्ति हुँदै जान सक्यो भने मात्र बजार बढ्ने सम्भावना रहन्छ । तर बजारमा त्यस्तो वातावरण बन्न सकेको छैन । थोरै अंकले बढ्न साथ बजारमा बिक्री चाप परेको देखिन्छ ।

पछिल्लाे समय देशभर गएको बाढी पहिरोका कारण कतिपय हाइड्रोपावर परियोजनाहरुमा क्षति पुगेको छ । यसकारण आज हाइड्रोपावर समूह अलिबढी प्रभावित भएको छ । यद्यपि उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकषर्ण बढ्न थालेकाे संकेतहरु देखिएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये उत्पादन समूह सकारात्मक रहेको छ । यसले बजारमा यो समूह चल्न थालेको हो भन्ने आंकलन गर्न थालिएको लगानीकर्ताहरुको भनाई छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।