सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

Sep 29, 2024 05:09 PM Merolagani



सर्वाेत्तम सिमेन्ट लिमिटेड(SARBTM)ले असोज ५ गते,शनिबार झापाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नाे सर्वाेत्तम ईष्ट प्रा. लि.को कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

“सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको छ ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रहेका थिए ।

आफ्नाे सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने कम्पनी प्रतिबद्ध छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।