भदौसम्ममा साढे ६ खर्ब रुपैयाँ चलनचल्तीमा, राष्ट्र बैंकको ढुकुटीमा अझै बढ्दैछ सञ्चिति

Sep 30, 2024 05:24 PM Merolagani



भदौ मसान्तसम्ममा बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँ चलनचल्तीमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाकाे तथ्यांकअनुसार सो रकम बजारमा चलनचल्तीमा रहेको देखिएको हो।

गत असार मसान्तसम्ममा बजारमा ६ अर्ब ८८ अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा दुई महिनामा यस्तो चलनचल्तीमा रहेको रकम १५ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी राष्ट्र बैंकको तथ्याँक अनुसार भदौ मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १ खर्ब रुपैयाँ सञ्चिति छ । यस्तो अञ्चिति पछिल्लो दुई महिनामा २८ अर्ब रुपैयाँले बढेको छ।

भदौ मसान्तसम्ममा केन्द्रीय बैंकमा सुन तथा चाँदीको सञ्चिति ३४ अर्ब २ करोड रुपैयाँको रहेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।