भदौसम्ममा साढे ६ खर्ब रुपैयाँ चलनचल्तीमा, राष्ट्र बैंकको ढुकुटीमा अझै बढ्दैछ सञ्चिति

Sep 30, 2024 05:24 PM Merolagani



भदौ मसान्तसम्ममा बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँ चलनचल्तीमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाकाे तथ्यांकअनुसार सो रकम बजारमा चलनचल्तीमा रहेको देखिएको हो।

गत असार मसान्तसम्ममा बजारमा ६ अर्ब ८८ अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा दुई महिनामा यस्तो चलनचल्तीमा रहेको रकम १५ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी राष्ट्र बैंकको तथ्याँक अनुसार भदौ मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १ खर्ब रुपैयाँ सञ्चिति छ । यस्तो अञ्चिति पछिल्लो दुई महिनामा २८ अर्ब रुपैयाँले बढेको छ।

भदौ मसान्तसम्ममा केन्द्रीय बैंकमा सुन तथा चाँदीको सञ्चिति ३४ अर्ब २ करोड रुपैयाँको रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।