सुनको भाउ मंगलबार पनि घट्यो, कतिमा हुँदैछ खरिदबिक्री?

Oct 01, 2024 11:03 AM Merolagani



सुनको भाउ मंंगलबार पनि घटेको छ। सोमबारदेखि नै घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार पनि तोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।