सुनको भाउ मंगलबार पनि घट्यो, कतिमा हुँदैछ खरिदबिक्री?

Oct 01, 2024 11:03 AM Merolagani



सुनको भाउ मंंगलबार पनि घटेको छ। सोमबारदेखि नै घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार पनि तोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।