साे विमानस्थलबाट सोमबार एकै दिनमा ५५९ उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी उक्त संख्या पुगेकाे हाे । हिजाे, आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडेका छन् भने र २२१ अवतरण भएका छन् ।
यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५५ उडान र ५६ अवतरण भएका छन् । यो हालसम्मकै सर्वाधिक उडान भएकाे रेकर्ड हाे।
यसअघि, गत वर्षकाे दशैँमा पनि यस्तै चाप रहेकाे थियो । साे समयमा, विमानस्थलको विवरण अनुसार आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक ५०० उडान भएका थिए । त्यसबेला, अन्तर्राष्ट्रियतर्फ भने दैनिक ११३ देखि ११५ उडान भएको थियो । अर्काेतर्फ, आन्तरिकतर्फ पनि दैनिक २७० उडानमार्फत १४ हजार यात्रुहरूले आवतजावत गरेका थिए ।
यसैगरी, आज आन्तरिकतर्फ १६९ अवतरण हुँदा र १६९ उडानकाे तालिका रहेकाे छ भने अन्तर्राष्ट्रियतर्फ ५८ उडान र ५७ अवतरण रहने छ।