केही दिन मात्र खुलेको मौसममा आजदेखि पुनः बदली हुने

Oct 01, 2024 02:32 PM Merolagani



विपत्तिको सामना गरेर केही दिन मात्र खुलेको मौसममा आजदेखि पुनः बदली हुने भएकाे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरु भएको हाे । 

हाल कोशीमा बादलले ढाकिसकेको छ भने त्यसको प्रभाव कोशी लगायत मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने विभागले जनाएकाे छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मंगलबार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । "विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ,” उनले बताइन् । यसकाे असर भोलि र पर्सीसम्मै रहने  तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताएकी छिन् ।

यद्धपी यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना भने यथावत रहेको विभागले जानकारी दिएकाे छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। महाशाखाका अनुसार आज राति कोशी लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुनेछ । बुधबार कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने भएकाे छ ।

यसैगरी, बिहीबार पनि सोही अवस्थामै रहने विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।