११४.७० अंक बढेर ५ कारोबार दिनपछि २६०० विन्दुमाथि पुग्याे नेप्से, वित्त कम्पनीहरुमा उच्च आकर्षण

Oct 01, 2024 03:10 PM Merolagani



मंगलबार नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। उच्च अंक बढेसँगै यस दिन नेप्से परिसूचक २६०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक ५ कारोबार दिनपछि २६०० विन्दुभन्दा माथि बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १९.४६ अंक बढेको छ भने फ्लोट यण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन भोल्यूम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ९६ हजार ९०६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन वित्त कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन २३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। यस दिन मूल्य घटेका स्टकहरुमो गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।