बुकक्लोज पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन

Oct 01, 2024 05:36 PM Merolagani



लाभांश वितरणको लागि बुकक्लोज गरेपश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले घोषणा गरेको १० प्रतिशत बोनश शेयरको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो। कम्पनीको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ५५० रुपैयाँ कायम गरेको छ।

यसैगरी गुँरास लघुवित्तले घोषणा गरेको १४.२५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता १५९१.९५ रुपैयाँ कायम गरेको छ।

बुधबार दुबै कम्पनीको यही मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्ने छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।