बुकक्लोज पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन

Oct 01, 2024 05:36 PM Merolagani



लाभांश वितरणको लागि बुकक्लोज गरेपश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले घोषणा गरेको १० प्रतिशत बोनश शेयरको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो। कम्पनीको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ५५० रुपैयाँ कायम गरेको छ।

यसैगरी गुँरास लघुवित्तले घोषणा गरेको १४.२५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता १५९१.९५ रुपैयाँ कायम गरेको छ।

बुधबार दुबै कम्पनीको यही मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्ने छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।