सहकारीमा देखिएको समस्या समाधान गर्न सामाजिक सञ्जालमा बोले जस्ताे सजिलो छैन- प्रधानमन्त्री ओली

Oct 01, 2024 06:10 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सामाजिक सञ्जालमा बोले जस्ताे सजिलो नभएकाे बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कानून अनुसार सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।

उनले भने,"सामाजिक सञ्जालमा बोल्दिनेहरुलाई सजिलो भए पनि कानूनअनुसार सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको छ ।"

प्रधानमन्त्री ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत बताएका छन् । साथै, उनले सहकारी पीडितको सही समाधान गर्न सरकारले प्रयास सुरू गरिसकेकाे पनि जानकारी दिएका छन् । उनले सहकारीको समस्या समाधान गर्न कानूनको दायरामा रहेर अघि बढ्ने पनि बताए । 

‘सहकारीको रकम यसरी उडाएको छ, त्यो रकम फिर्ता नहुने पनि हुनसक्छ । कतिसम्म रकम फिर्ता गर्न सकिन्छ, कति असुलउपर गर्न सकिन्छ, के-के प्रक्रियाबाट जान सकिन्छ भन्ने कुरा हामीले कानून पनि हेर्नुपर्‍यो,’ प्रधानमन्त्रीले भने ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।