शेयर बजार फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु- प्रधानमन्त्री ओली

Oct 01, 2024 06:24 PM Merolagani



धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोपमाथि आफूलाई विश्वास नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्  । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा आफूलाई पत्यार नलागेको टिप्पणि गरेका हुन् ।

उनले भने, ‘‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा मलाई पत्यार लाग्दैन, मलाई किन कसैले ५ अर्ब दिन्छ ? मैले भनेकै छु म कमिसनका लागि काम गर्ने होइन, देशका लागि गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, रोक्ने मान्छे हुँ ।" सर्वोच्च अदालतले नै यस विषयमा पहिलेकै प्रक्रिया अनुसार अघि बढ्न आदेश दिएकाे भन्दै उनले सोही अनुसार प्रक्रिया फेरि सुरु गरिएको जिकिर गरे ।

माओवादी नेतृत्वको सरकारकाे समयमा आफ्नो दल निर्णय गर्ने अवस्थामा नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,‘देशको अवस्था नाजुक छ, पैसा लिएर नियुक्ति, पैसा लिएर सरुवा, पैसा लिएर बढुवा, कमिसन लिएर ठेक्का दिनेजस्ता कार्य नगरौं भनेर मैले भनेको थिएँ ।'

यसैगरी, प्रधानमन्त्री ओलीले विषम परिस्थितिमा शेयर बजार घट्नु स्वाभाविक रहेको पनि बताएका छन् । तर परिस्थिति सामान्य भएसँगै बजार पुनः बढ्ने आशा रहेको पनि उनले व्यक्त गरे । ‘शेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढी-पहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा शेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’  उनले थपे ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।