आजसम्म शेयर बेच्नेले दसैं अगाडि पैसा पाउने

Oct 06, 2024 08:33 AM Merolagani



असोज २० गते, आइतबार अर्थात आजसम्म नेपाली धितोपत्रको दोस्रो बजारमा शेयर बिक्री गर्ने लगानीकर्ताले दशैँ अघि पैसा पाउनेछन्।

आज शेयर बिक्री गरेका लगानीकर्ताहरुले टि प्लस २ का आधारमा आगामी बुधबार (असोज २३ गते) पैसा पाउनेछन्। बुधबार दशैँ अघिको अन्तिम कारोबार दिन हो। भोली अर्थात सोमबार शेयर बिक्री गरेमा दशैअघि राफसाफ हुने छैन। जसका कारण भोलीदेखि बेचिएका शेयरको पैसा दशैँ अघि लगानीकर्ताले पाउने छैनन्।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।