यो बुलमा कुन सेक्टरले लिड गर्ला?

Oct 06, 2024 05:19 PM Merolagani



शेयर बजारले पुनः बढ्दो गति समाउन थालेको छ। पछिल्लो करेक्सनपछि नेप्से सूचक २०० अंकभन्दा धेरै बढिसकेको छ भने कारोबार रकम पनि ६ अर्बभन्दा बढी आउन थालेको छ।

आइतबार नेप्से सूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको छ। यसरी बजार बढ्न थालेपछि लगानीकर्तामा कन्फिडेन्स बढ्न थालेको छ।

दशैँको प्रेसर सकिएकोले पनि बजारले सकारात्मक लय समाउन थालेको लगानीकर्ताहरु बताउँछन्। आइतबारसम्म बिक्री गर्नेले मात्र दशैँअघि पैसा पाउने अवस्था रहेकोले बजारमा सकारात्मक माहोल देखिएको उनीहरुको भनाइ छ।

बढ्दो बजारमा कम पूँजी भएका कम्पनीहरुको शेयर मूल्य मात्रै उच्च दरमा बढ्दै गएको छ। कारोबार रकम बढ्दै गएमा उच्च पूँजी भएका कम्पनीहरुको शेयरमूल्य पनि राम्रो बढ्ने आँकलन लगानीकर्ताको छ।

अहिले फाइनान्स कम्पनीहरुमा उच्च बृद्धि देखिएपनि त्यसले मात्रै नेप्से सूचकलाई धान्न नसक्ने लगानीकर्ताहरु बताउँछन्। याे बुलमा बैंकिङ्ग क्षेत्रले पनि राम्रो गति समाउन सक्ने उनीहरुको आँकलन छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।