यो बुलमा कुन सेक्टरले लिड गर्ला?

Oct 06, 2024 05:19 PM Merolagani



शेयर बजारले पुनः बढ्दो गति समाउन थालेको छ। पछिल्लो करेक्सनपछि नेप्से सूचक २०० अंकभन्दा धेरै बढिसकेको छ भने कारोबार रकम पनि ६ अर्बभन्दा बढी आउन थालेको छ।

आइतबार नेप्से सूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको छ। यसरी बजार बढ्न थालेपछि लगानीकर्तामा कन्फिडेन्स बढ्न थालेको छ।

दशैँको प्रेसर सकिएकोले पनि बजारले सकारात्मक लय समाउन थालेको लगानीकर्ताहरु बताउँछन्। आइतबारसम्म बिक्री गर्नेले मात्र दशैँअघि पैसा पाउने अवस्था रहेकोले बजारमा सकारात्मक माहोल देखिएको उनीहरुको भनाइ छ।

बढ्दो बजारमा कम पूँजी भएका कम्पनीहरुको शेयर मूल्य मात्रै उच्च दरमा बढ्दै गएको छ। कारोबार रकम बढ्दै गएमा उच्च पूँजी भएका कम्पनीहरुको शेयरमूल्य पनि राम्रो बढ्ने आँकलन लगानीकर्ताको छ।

अहिले फाइनान्स कम्पनीहरुमा उच्च बृद्धि देखिएपनि त्यसले मात्रै नेप्से सूचकलाई धान्न नसक्ने लगानीकर्ताहरु बताउँछन्। याे बुलमा बैंकिङ्ग क्षेत्रले पनि राम्रो गति समाउन सक्ने उनीहरुको आँकलन छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।