प्रि ओपन सेसन अपडेटः साढे १ अंक घट्यो नेप्से

Oct 09, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंक घटेर २६६१.७९ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा २६ स्टकको ४९ पटकको कारोबारमा २५ लाख ३९ हजार ७९३ रुपैयाँ ३० पैसाबराबरको ५ हजार ५४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।