प्रि ओपन सेसन अपडेटः ६ अंक बढ्यो नेप्से

Oct 02, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.१६ अंक बढेर २६२९.७३ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.८८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८१ स्टकको १६१ पटकको कारोबारमा ५६ लाख ४५ हजार ६४८ रुपैयाँ ६० पैसाबराबरको १० हजार ७७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।