प्रि ओपन सेसन अपडेटः २ अंकभन्दा बढी बढ्यो नेप्से

Dec 17, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढी बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५१.३७ अंक घटेर २६३०.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२६ अंक बढेर २६३३.१८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको ४३ पटकको कारोबारमा ३० लाख १८ हजार ३५४ रुपैयाँ ७० पैसाबराबरको ३ हजार ७७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

चन्द्र भण्डारीको स्टाटसले रास्वपा उत्साहित, कांग्रेस झसंग

Dec 27, 2024 05:27 PM

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउँदै गए कुनै पनि नेता बाँकी नरहने चेतावनी दिएका छन् ।