अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.३१ अंक बढेर २६२६.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०८ अंक घटेर २६२५.४४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको ८९ पटकको कारोबारमा ४३ लाख ९७ हजार ७०४ रुपैयाँ ८० पैसाबराबरको ५ हजार २६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।