प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Jan 01, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३३.०८ अंक घटेर २५७६.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९३ अंक बढेर २५७७.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३१ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा २९ स्टकको ५५ पटकको कारोबारमा २७ लाख ६ हजार २१० रुपैयाँ २० पैसाबराबरको ४ हजार १३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।